पतञ्जली जग्गा प्रकरण अव अदालतको बिषय बनिसकेको छ -नेता झलनाथ खनाल

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, जेठ २३ । नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले पतञ्जली जग्गा प्रकरण अव अदालतको बिषय बनिसकेको बताउनुभएको छ ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा खनालले पतञ्जली जग्गा प्रकरण अव अदालतको बिषय बनिसकेकाले धेरै टिकाटिप्पणी गर्न उचित नहुने बताउनुभयो । उहाले नेपालको गणतन्त्र र शासन प्रशासनलाई साच्चिनै पारदर्शी, जनमुखी र राष्ट्रिय हित अनुकुलको बनाउनका लागि धेरै काम गर्नुपर्ने देखिएको उल्लेख गर्नुभयो ।

खनालले नेपाली समाजलाई सुखी र समृद्ध बनाउनका लागि गहन बहस गर्न जरुरी रहेको बताउनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्