प्रतिनिधिसभाको बैठक शुक्रबार पनि स्थगित

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, जेठ २३ । प्रतिनिधिसभाको बैठक शुक्रबार पनि स्थगित भएको छ ।

भिजिट भिसा प्रकरणमा प्रतिपक्षी र सत्तापक्ष दलबीच भएको छलफल निष्कर्षविहीन भएपछि शुक्रबार बोलाइएको बैठक सूचना टाँस गरि जेठ २५ गते आइतबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको हो । भिजिट भिसा प्रकरणमा छानविन समिति गठन र गृहमन्त्रीको राजीनामा माग गर्दै प्रतिपक्षी दलहरुले सदन सञ्चालन गर्न दिएका छैनन् ।

भिजिट भिसा प्रकरणमा छानविन समिति गठनको प्रतिवद्धता आए सदन चल्न दिने प्रस्ताव प्रतिपक्षीले गरेपनि सत्तापक्षले भने संवैधानिक निकायले गरिरहेको अनुसन्धानमा अर्को छानविन समिति गठन आवश्यक नरहेको जवाफ दिदै आएको छ । भिजिट भिसा प्रकरणमा प्रतिपक्षीको अडानका कारण कारण जेठ १३ गतेदेखि प्रतिनिधिसभा बैठक प्रभावित हुदै आएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्