गृहमन्त्रीलाई जवाफ दिने वातावरण बनाउन बिपक्षी दल असहमत -महेश बर्तौला

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, जेठ २० । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले गृहमन्त्रीलाई जवाफ दिने वातावरण बनाउन बिपक्षी दल असहमत भएकाले सदन अवरुद्ध भएको बताउनुभएको छ ।

मंगलबार प्रतिनिधिसभा बैठक स्थगित भएपछि संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै बर्तौलाले अहिले गृहमन्त्रीका बारेमा प्रश्न उठेपछि जवाफ दिन पाउने अधिकार हनन भएको समेत बताउनुभयो । कोही व्यक्तिमाथि प्रश्न उठेपछि जवाफै दिन नपाउने गलत नजिर संसदमा बसाउन नहुने उहाले बताउनुभयो ।

बर्तौलाले दलहरुबीच आन्तरिक छलफल गरेर निकास निकाल्नका लागि समझदारी बमोजिम नै बुधबारसम्मका लागि संसद स्थगित गरिएको जानकारी दिनुभयो । उहाले गृहमन्त्रीले जवाफ दिएपछि बिपक्षीले भनेअनुसार छानविन समिति गठन, गृहमन्त्रीको राजीनामा लगाएतका बिषयमा छलफल गर्न सकिने बताउनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्