सत्तापक्ष नै संसदको गतिरोध अन्त्य गर्न इच्छुक देखिएन -मोओवादी नेता लेखनाथ दाहाल

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, जेठ २० । नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले सत्तापक्ष नै संसदको गतिरोध अन्त्य गर्न इच्छुक नदेखिएको बताउनुभएको छ । मंगलबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै सांसद दाहालले भिजिट भिसा प्रकरणमा

संसदीय छानबिन समिति गठन गर्ने प्रतिवद्धता आए सदनको गतिरोध अन्त्य गर्न सकिने लचिलो प्रस्ताव आफुहरुले राखेपछि सत्तापक्ष त्यसमा गम्भीर भएको आरोप लगाउनुभयो ।मानव तस्करीसंग जोडिएको भिजिट भिसा प्रकरण संसदको मात्रै नभइ जनताको बिषय भएकाले यस्ता प्रवृतिलाई अन्त्य गर्न उच्चस्तरीय वा संसदीय छानविन समिति गठन गर्नुपर्ने आफुहरुको माग रहेको उहाले बताउनुभयो ।

उहाले सदनमा गृहमन्त्रीलाई बोल्न दिने तर त्यसअघि छानविन समितिको प्रतिवद्धता आए सदनको अवरोध हटाउन सकिने धारणा राख्नुभयो । उहाले संस्थागत रुपमा नै भिजिट भिसा प्रकरणको बिषय उठान भएपछि प्रधानमन्त्रीले जवाफ दिनुपर्ने जिकिर गर्नुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्