खास लडाई भोलीवाट सुरु हुन्छ, हामी अब ५० ठाउँवाट निस्कन्छौंः राजेन्द्र लिङदेन

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १८ जेठ । राजावादी आन्दोलनवाट राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ परे पछि उनका आन्दोलनका मुख्य सहयोगी राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन आक्रोशित भएका छन् ।

अध्यक्ष थापालाइ प्रहरीले हस्तक्षेप गरी पक्राउ गरी लगे पछि लिङदेन आक्रोशित भएका हुन ।

‘हामी शान्तिपुर्ण प्रदर्शन गरिरहेका छौं, आज प्रहरीले दमन गरेको छ, यो सहय छैन्,’ थापा पक्राउ परे पछि लिङदेनले भने, ‘खास लडाइ अब भोलीवाट सुरू हुन्छ, हामी एक ठाउँमा जम्मा हुदैनौं, ५० ठाउँवाट जुलुस निकाल्छौं ।’

नारायणचाैर, नक्सालमा जम्मा भएर बालुवाटारतर्फ जान लाग्दा प्रहरीले प्रदर्शनीकारी माथी हस्तक्षेप गरेकाे हाे । साे प्रदर्शनमा प्रहरीले लाठी चार्ज गर्दा केही घाइतेसम्म हुन पुगेका छन् । 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्