उत्तेजनात्मक अभिव्यक्ति नदिन प्रधानमन्त्रीलाई आयोगको चेतावनी

खबर बुक
  • ख-
  • ख+

काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी जेठ १५ गते काठमाडौंमा राजतन्त्र समर्थक संयुक्त जनआन्दोलन समितिद्वारा आयोजना गर्न लागिएको आन्दोलनको सन्दर्भमा दिएका अभिव्यक्तिप्रति राष्ट्रिय मानव अधिकार आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

आयोगले सोमबार एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीलाई उत्तेजनात्मक अभिव्यक्ति नदिन चेतावनी दिएको छ। आयोगका अनुसार प्रधानमन्त्री ओलीले दिएको ूकाठमाडौं जेठ १५ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म नेकपा एमालेको नियन्त्रणमा हुनुपर्छू भन्ने निर्देशनमूलक अभिव्यक्ति लोकतान्त्रिक मूल्य र विधिको शासनको भावना विपरीत रहेको जनाएको छ।

आयोगका प्रवक्ता डा। टीकाराम पोखरेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ूजुनसुकै व्यक्ति, समूह वा पार्टीलाई अभिव्यक्ति दिने स्वतन्त्रता भए पनि, अरुप्रति लक्षित भई मूठभेड निम्त्याउने गरी अभिव्यक्ति आउनु अमान्य छ।ू

आयोगले लोकतान्त्रिक व्यवस्थामा शान्तिपूर्ण प्रदर्शन र विचार अभिव्यक्तिको अधिकार सबैलाई सुनिश्चित गरिएको स्मरण गराउँदै, राज्यका उच्चपदस्थ व्यक्तिबाट आउने उत्तेजनापूर्ण भाषा मानव अधिकारका मूल्य र मान्यताको उल्लंघन हुने चेतावनी दिएको छ।

आयोगले सबै पक्षलाई संयमित अभिव्यक्ति गर्न, नकारात्मक टिप्पणीबाट टाढा रहन, र शान्तिपूर्ण प्रदर्शनको अभ्यास गर्न आग्रह गरेको छ। साथै, राजधानीसहित विभिन्न क्षेत्रको शान्ति सुरक्षा मजबुत बनाउन सुरक्षा निकायलाई विशेष जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्न पनि आयोगले आग्रह गरेको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्