भिजिट भिसा प्रकरणः ‘कर्मचारीको गल्तीमा गृहमन्त्रीको राजीनामा माग्नु गलत‘

खबर बुक
  • ख-
  • ख+

११ जेठ, काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले कुनै एक जना कर्मचारीले गरेको गल्तीमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्नु गलत भएको जिकिर गरे। आइतबार विराटनगरमा आयोजित पत्रकार भेटघाटमा उनले गृहमन्त्री लेखकको बचाउ गर्दै यस्ताे बताएका हुन्।

विगतमा मन्त्रीहरूमाथि नै कुरो उठेकोले राजीनामा दिएको भएपनि अहिले अध्यागमन विभागको कर्मचारीमाथि आरोप लागेको र अख्तियारले छानबिन गरिरहेकोले केही समय पर्खिनुपर्ने उनकाे भनाइ छ।

हिन्दू राष्ट्र र संवैधानिक राजसंस्थाबारे जनमत संग्रह आवश्यक नभएको उल्लेख गर्दै उनले संघीय लोकतान्त्रिक गणतन्त्रको संविधानलाई अझै परिष्कृत र परिमार्जित गर्न संविधानको समीक्षा गरेर संशोधन गर्नुपर्नेमा जाेड दिए। राजसंस्था कुनै पनि हालतमा फर्किन नसक्ने उनकाे दाबी छ।  

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्