थानेश्वर र रन्जिताको गजल गीत के अर्थ भो सार्वजनिक

खबर बुक
  • ख-
  • ख+

काठमाडौं । नयाँ गजल गीत के अर्थ भो सार्वजनिक गरिएको छ । शुक्रबार काठमाडौंमा पत्रकार भेटघाट कार्यक्रम गर्दै सार्वजनिक गीतमा थानेश्वर गौतम र रन्जिता विश्वकर्माको स्वर रहेको छ ।

गीतमा प्रभा वर्तौलाको शब्द छ भने संगीत गायक गौतम स्वयमले भरेका छन् ।

गीतको भिडिओमा अभिनेता पुष्प खड्का र अभिनेत्री स्मारिका र समारिका ढकालको अभिनय रहेको छ । भिडिओलाई मौसम हिमालले कोरियोग्राफी र निर्देशन गरेका छन् ।

भिडिओ सार्वजनिक कार्यक्रमका प्रमुख अतिथि लोक सन्चारकर्मी नेपालका केन्द्रिय अध्यक्ष चन्द्रमणी गौतमले नेपाली गीतसंगीतको क्षेत्रमा गजल गीतको छुट्टै स्थान रहेको र बिशेषगरी थानेश्वर गौतमका गीतले दर्शक तथा स्रोताको मन छुने बताए ।

उनले पृश्वी इन्टरटेनमेन्टका हरेक गीतहरु उत्कृष्ट रहेका र यसगीतलाई पनि दर्शकले मन पराउनेमा विश्वास राखे ।

कार्यक्रमका सभापति तथा पृश्वी इन्टरटेनमेन्टका अध्यक्ष पृश्वी थकालीले गायक गौतम र गायिका विश्वकर्माको आवाजले गीतलाई थप मिठास बनाएको बताए । उनले नवगायिका विश्वकर्माको उज्ववल भविष्यको कामना गरे ।

गीतका गायक थानेश्वरले आफ्ना यसअघिका गीतहरुजस्तै मिहिनत गरेर बनाएको र दर्शक स्रोताबाट माया पाउनुेमा आशा राखे । गायिका रन्जिताले अग्रज श्रृष्टाहरुसँग काम गर्न पाउँदा आफूलाई भाग्यमानी ठानेको बताइन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्