मर्ज प्रस्ताव पारित गर्न सूर्या र ज्योति लाइफको कात्तिक २८ गते एजीएम

न्युज कारखाना
  • ख-
  • ख+

काठमाडौं,६ कार्तिक।।सूर्या लाइफ र ज्योती लाइफ इन्स्योरेन्स  एक आपसमा मर्ज हुँदैछन् ।

यसको लागि दुवै कम्पनीले कात्तिक २८ गते साधारणसभा बोलाएका छन् । जसमा सूर्या लाइफको सभा होटल हैरिसन प्सालेस, बजरंगबलीमार्ग, विराटनगरमा बिहान ९ बजे सुरु हुनेछ । यस्तै, ज्योती लाइफको सभा वाटरफ्रन्ट रिसोर्ट, लेकसाईड पोखरामा बिहान ११ बजे सुरु हूनेछ ।

सभाले मर्जर प्रयोजनको लागि स्वाप रेसियो प्रस्ताव पनि पारित गर्नेछ । जसमा सूर्या लाइफ इन्स्योरेन्सको १०० कित्ता सेयर बराबर ज्योति लाइफको ८२ कित्ता  सेयर अनुपात कायम हुनेछ । दुवै एक भएपछि कम्पनीको नाम सूर्याज्योती लाइफ इन्स्योरेन्स राख्ने प्रस्ताव पनि सभामा पेश हुँदैछ ।

हाल सूर्या लाइफ र ज्योति लाइफ इन्स्योरेन्सको सेयर कारोबार रोक्का छ । सूर्या लाइफ र ज्योति लाइफ  एक आपसमा गाभिने भएपछि दुवैको असार १३ गतेदेखि सेयर कारोबार रोक्का गरिएको हो । यी दुई कम्पनीबीच असार १२ गतेमर्ज सम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको थियो । बिमा समितिको निर्देशनपछि अहिले बिमा कम्पनीहरु पुँजी वृद्धिको दबाबमा छन् ।

बिमा समितिको चैत १० गतेको निर्देशनअनुसार एक वर्षभित्रै निर्जीवन बिमा कम्पनीले २ अर्ब ५० करोड रुपैयाँ र जीवन बिमा कम्पनीहरुले ५ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउनेपर्ने हुन्छ । हाल सूर्या लाइफको चुक्ता पुँजी २ अर्ब ४२ करोड र ज्योति लाइफको २ अर्ब २० करोड रुपैयाँ रहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्