अर्घाखाँचीमा अरिङ्‍गालले टोक्दा एक जनाको मृत्यु

खबर बुक
  • ख-
  • ख+

अर्घाखाँची, ३ कार्तिक

अर्घाखाँचीको शितगंगामा अरिङ्‍गालको टोकाइबाट एक महिलाको ज्यान गएको छ ।

गाई चराउन गएकी शितगंगा नगरपालिका–३ ठाडा पदमीकी २१ वर्षीया रोमा सारुको अरिङ‍गालको टोकाइबाट ज्यान गएको हो ।

अरिङ्गलाले टोकेर गम्भीर घाइते भएकी सारुको उपचारका क्रममा बिहीबार देवदह मेडिकल कलेजमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्