पार्टीका उम्मेदवारविरुद्ध लागेको भन्दै कांग्रेसका पाँच नेतामाथि कारबाही

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २८ कात्तिक । नेपाली कांग्रेसले पार्टी र गठबन्धनको उम्मेदवारविरुद्ध क्रियाशील भएको भन्दै पाँचजना क्रियाशील सदस्यलाई कारबाही गर्दै उनीहरूको नाम अभिलेखबाट हटाउने निर्देशन दिएको छ ।

केन्द्रीय अनुशासन समितिका संयोजक आनन्दप्रसाद ढुंगानाले सोमबार नेपाली कांग्रेस पार्टीका आधिकारिक उम्मेदवार र पार्टीले समर्थन गरेको उम्मेदवारविरुद्ध उम्मेदवार भएका र त्यस्ता उम्मेदवारको प्रस्तावक वा समर्थक भएमा नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ३४ को उपधारा ४ (क) बमोजिम पाँच वर्षका लागि सदस्यतासमेत नरहने गरी पार्टीको अभिलेखबाट हटाउन निर्देशन दिएका हुन् ।

यसरी साधारण सदस्यबाटै कारबाहीमा परेकामा हुम्लाका महासमिति सदस्य मंगलबहादुर शाही, बाराका क्रियाशील सदस्य धर्मेन्द्रप्रसाद यादव, बाराका महाधिवेशन प्रतिनिधि रवीन्द्रप्रसाद यादव र वीरेन्द्रप्रसाद यादव तथा जिल्ला सदस्य बाराका रामएकवालप्रसाद यादव छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्