कांग्रेसले बोलायो आकस्मिक केन्द्रीय समिति बैठक

खबर बुक
  • ख-
  • ख+

१० भदौ, काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ। पार्टी सभापति गगनकुमार थापाले काठमाडौं उपत्यकामा उपलब्ध केन्द्रीय समिति सदस्य, बाढी प्रभावित क्षेत्रका सभापति, सांसद तथा नेताहरूसहितको बैठक बोलाएका हुन्।

सभापति थापाले बाढी प्रभावित क्षेत्रका आफ्ना नेता कार्यकर्तालाई सुरक्षित रहेर उद्धारमा खट्नका लागि निर्देशन दिइसकेका छन्।

बैठक २ बज पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने थापाको सचिवालयले जनाएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्