रसुवा बाढी : रगत आवश्यक परे तयारी अवस्थामा रेडक्रस सोसाइटी

खबर बुक
  • ख-
  • ख+

काठमाडौँ। रसुवामा आएको बाढी प्रभावितहरूको उपचारका लागि रगत आवश्यक परे आफूहरू तयारी अवस्थामा रहेको नेपाल रेडक्रस सोसाइटीले जनाएको छ । 

बाढीबाट प्रभावितहरूको उपचारका लागि आवश्यक पर्न सक्ने रगत पर्याप्त रहेको र आफूहरू हाइअलर्टमा रहेको रेडक्रस सोसाइटीले जनाएको हो । 

नेपाल रेडक्रस सोसाइटी ब्लड बैंकका निर्देशक पवनकुमार गुप्ताले हाल काठमाडौँस्थित केन्द्रमा करिब १ हजार युनिट रगत मौज्दात रहेको जानकारी दिए ।

उनले भने, ‘यदि रगत आवश्यक परे ललितपुरको पुल्चोक नजिक रहेको ब्लड बैंक, काठमाडौँको भृकुटीमण्डप र भक्तपुरको भक्तपुर क्यान्सर अस्पताल अगाडी रहेको रेडक्रस सोसाइटीमा सम्पर्क गर्न सकिन्छ । यस्तै, चितवनको रेडक्रस सोसाइटीमा सम्पर्क गर्न सकिन्छ। देशका अन्य जिल्लामा रहेका रक्तसञ्चार केन्द्रमा पनि आवश्यकताअनुसार रगत पर्याप्त छ।’ उनले रक्तदान गर्न पनि आह्वान गरे।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्