खोटाङका राजेशले जिते सिंगिङ सुपरस्टारको पहिलो उपाधि

खबर बुक
  • ख-
  • ख+

खोटाङ, २८ कात्तिक ।।खोटाङका गायक राजेश राईले सिंगिङ सुपरस्टारको पहिलो सिजनको उपाधि जितेका छन् ।

हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेका राईले भ्वाईस स्टार नेपालले निर्माण गरेर ईमेज च्यानलबाट प्रसारण भैरहेको सांगीतिक रियालिटी शो ‘नेपाल्स सिंगिङ सुपरस्टार ब्याटल अफ द स्टार्स’को उपाधि जितेका हुन् ।

आइतबार भएको फिनालेमा प्रथम स्थान प्राप्त गरेका गायक राईले २० लाख नगद र म्युजिक नेपालसँग सम्झौता लगायत पुरस्कार प्राप्त गरेका छन् । उनी विगत १३ वर्षदेखि सांगीतिक क्षेत्रमा संघर्षरत छन् ।

फिनालेमा नामगेल लामा फस्ट रनर अप र दीपक सापकोटा सेकेन्ड रनर अप भएका छन् । कार्यक्रम हरेक आइतबार र सोमबार साँझ ईमेज च्यानलबाट प्रसारण हुँदै आएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्