एन्फा महिला फुटबल लिग : एपीएफले बागमतीलाई ५–१ गोलले हरायो

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २० पुस । एन्फा महिला फुटबल लिगअन्तर्गत अन्तिम चरणको खेलमा शसस्त्र प्रहरी बलको एपीएफ फुटबल क्लबले बागमती युथ क्लब हराएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा आज भएको खेलमा एपीएफले बागमतीलाई ५–१ गोलले हरायो ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा भएको एन्फा महिला लिगको पहिलो चरणपछि पाँच वटा टोली सुपर फाइभमा पुगेका छन् । एन्फा महिला लिगमा १० वटा टोली सहभागी थिए ।

अन्तिम चरण आउँदो माघ १६ गतेसम्म चल्नेछ । दोस्रो चरणको सुपर फाइभमा पुलिस र वालिङसहित त्रिभुवन आर्मी, बाग्मती युथ क्लब र सशस्त्र प्रहरी बलको एपीएफ क्लब पुगेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्