दीपेन्द्रले जय साह ट्रफी नखेल्ने, पुलिसको कप्तानी आरिफलाई

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १९ पुस  । मधेस प्रदेशमा हुने जय साह ट्रफीका निम्ति नेपाल पुलिस क्लबले नियमित कप्तान दीपेन्द्रसिंह ऐरीबिनै टोली घोषणा गरेको छ ।
 
पुलिसले शुक्रबार सार्वजनिक गरेको टोलीमा अलराउन्डर दीपेन्द्र अनुपस्थित हुँदा कप्तानीको जिम्मेवारी राष्ट्रिय टिमकै अर्का अलराउन्डर आरिफ सेखले पाएका छन् । दीपेन्द्र युनाइटेड अरब इमिरेट्स (यूएई)मा हुने इन्टरनेसनल लिग टी–२० का निम्ति गल्फ जायन्ट्ससँग अनुबन्धित भएका छन् । यसैकारण उनले जस साह ट्रफी गुमाउने भएका हुन् ।
 
मधेसको जनकपुर र वीरगन्जमा हुने प्रतियोगिता पुस २१ गतदेखि २९ गतेसम्म सञ्चालन हुने तालिका छ । प्रतियोगितामा चार टोलीले प्रतिस्पर्धा गर्नेछन् । जसमा नपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, मधेस प्रदेश र वाग्मती प्रदेश छन् । 

यी चार टोली यसअघि भएको प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिताबाट छनोट भएर आएका टोली हुन् ।

पुलिसको टिमः
आरिफ सेख, कुशल भुर्तेल, गुल्सन झा, करण केसी, ललित नारायण राजवंशी, अमित श्रेष्ठ, दीलिप नाथ, श्रवण यादव, सुनिल दौल्यान, सागर ढकाल, शंकर राना, अभिनाश कर्ण, राशिद खान, अर्जुन साउद र दीपक शेरेला ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्