सुनको भाउ एकैदिन दुई हजार रुपैयाँले बढ्यो

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, १९ पुस  । आज सुनको भाउ एकैदिन तोलामा दुई हजार रुपैयाँले बढेको छ ।

सुन आज तोलामा दुई हजार रुपैयाँले बढेर एक लाख ५३ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख १५ हजार पाँच सय रुपैयाँ रहेको थियो ।

त्यस्तै आज चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले बढेको छ । आज चाँदीको भाउ एक हजार आठ सय १० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ एक हजार सात सय ९० रुपैयाँ रहेको थियो । 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्