लेब्रोन जेम्सले ४० वर्षको उमेरमा एनबीएमा इतिहास रचे

खबर बुक
  • ख-
  • ख+

 काठमाडौं, १७ पुस । १८ वर्षको उमेरमा डेब्यु गरेर ४० वर्षको उमेरमा पनि खेलिरहेका बास्केटबल खेलाडी लेब्रोन जेम्सले नेशनल बास्केटबल एसोसिएशन (एनबीए) मा नयाँ कीर्तिमान बनाएका छन् ।

लेब्रोन जेम्स एनबीए इतिहासमा किशोरावस्थामा खेल्न शुरू गरेर ४० वर्षको उमेर पार गर्ने पहिलो व्यक्ति बनेका हुन् । जेम्सले सन् २००३ मा एनबीएमा डेब्यु गरेका थिए ।

लस एन्जलस लेकर्सबाट खेल्दै आएका उनलाई सबै समयका उत्कृष्ट बास्केटबल खेलाडीहरूमध्ये एक मानिन्छ । जेम्सले गएको वर्ष एनबीए इतिहासकै सबैभन्दा बढी अंक बनाएका थिए । उनले करिम अब्दुल जब्बरको नाममा रहेको ३९ वर्ष पुरानो कीर्तिमान तोडेका हुन् ।

लेब्रोन जेम्स चार पटकका एनबीए विजेता पनि हुन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्