१६ पुस, काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा उतारचढाव भएसँगै नेपाली बजारमा प्रभाव परेको छ। सोमबारको तुलनामा आज सुनको मूल्यमा गिरावट आएको हो।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अुनसार आज सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले घटेर १ लाख ४९ हजार ६०० रुपैयाँ कायम भएको छ। चाँदीको मूल्यमा पनि प्रतितोला ३० रुपैयाँले गिरावट आएको छ।
आज चाँदीको मूल्य प्रतितोला १ हजार ७६५ मा कारोबार भइरहेको छ। सोमबार १ हजार ७९५ रुपैयाँमा कारोबार भएको थियो।











