राष्ट्रिय च्याउ दिवसका अवसरका काठमाडौंमा च्याउ मेला

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं । राष्ट्रिय च्याउ दिवसका अवसरका काठमाडौंमा एक दिने च्याउ मेला परिकार मेला आयोजना गरिएको छ ।

च्याउ उत्पादक किसान संघ नेपालले सोमबार काठमाडौंको भृकुटिमण्डपमा च्याउ मेला आयोजना गरेको हो । सो मेलामा च्याउसँग सम्बन्धित करिव ४० वटा स्टल राखिएका थिए । साथै, कन्य, गोभ्रे, किङ वयस्टर र सिताके च्याउ उत्पादनको व्यवहारिक प्रदर्शनीसमेत गरिएको संघले जनाएको छ ।

मेलामा पुगेका अवलोकनकर्ताले च्याउको परिकारको स्वाद लिदै बिभिन्न प्रकारका च्याउहरु खरिद समेत गरेका थिए । संघले पुस १५ गते राष्ट्रिय च्याउ दिवसका अवसरमा हरेक बर्ष च्याउ मेला परिकार मेला आयोजना गर्दै आएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्