जनकपुर बोल्ट्सलाई जनकपुरधाममा भव्य स्वागत

खबर बुक
  • ख-
  • ख+

जनकपुर । पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को च्याम्पियन जनकपुर बोल्ट्सलाई जनकपुरधाममा भव्य स्वागत गरिएको छ ।

मधेश प्रदेशको सबै आठ जिल्लामा चार दिने ट्रफी परेड गरिरहेको जनकपुर बोल्टसका खेलाडीलाई शुक्रबार जनकपुरधाममा भव्य स्वागत गरिएको हो । जनकपुरका चोक–चोकमा स्थानीयहरुले जनकपुर बोल्ट्सलाई स्वागत गरेका थिए । ट्रफी परेड अन्तर्गत शनिबार महोत्तरी, सर्लाही र रौतहटमा ट्रफी परेड गरिनेछ भने तेस्रो दिन आइतबार बारा र पर्सामा परेड गरिने र अन्तिम दिन अर्थात सोमबार सिराहा र सप्तरीमा ट्रफी परेड गरिने बताइएको छ ।

गत शनिबार भएको फाइनलमा सुदुरपश्चिम रोयल्सलाई पराजित गर्दै जनकपुरले पहिलो संस्करणको एनपिएलको उपाधी जितेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्