सिद्धार्थ बैंकको २२औँ वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी मनाइयो

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, पुष १० । सिद्धार्थ बैंकले स्थापना कालको २२औँ वर्ष पूरा गरेको छ। बैंक सञ्चालनमा आएको २२ वर्ष पूरा भएको अवसरमा बैंकले नक्सालस्थित आफ्नो प्रधान कार्यालय भवनमा कार्यक्रम सम्पन्न गरेको छ।

बैंकका प्रमुख कार्यकारी अधिकृत, नायव प्रमुख कार्यकारी अधिकृत, सहायक प्रमुख कार्यकारी अधिकृत र बैंकमा कार्यरत कर्मचारीको उपस्थितिमा कार्यक्रम सम्पन्न गरी वार्षिकोत्सव मनाएको हो।

बैंकले आफ्नो वार्षिकोत्सवलाई भव्य र सभ्य बनाउने उद्देश्यले विभिन्न कार्यक्रमको आयोजना गरेको थियो। जसमा फुटसल प्रतियोगिता, टेबल टेनिस, देशका विभिन्न स्थानमा रक्तदान कार्यक्रम रहेको थियो।

डिजिटल बैंकिङलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ ग्राहकलाई लक्षित गर्दै बैंकले ‘सिद्धार्थ बैंक २२औँ वार्षिकोत्सव अफर’ ल्याएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्