काठमाडौं, पुष ९ । सेयर बजार १४.११ अंकले बढेको छ। साताको कारोबारको तेस्रो दिन मंगलबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १४.११ अंकले बढेर २६२६.३१ बिन्दुमा पुगेको हो।
अघिल्लो कारोबार दिन सोमबार पनि नेप्से २८.९१ अंक अर्थात् १.११ प्रतिशतले बढेर २६१२.२० बिन्दुमा पुगेको थियो।
त्यसअघि आइबार नेप्से १३.५३ अंकले घटेर २५८३.१९ बिन्दुमा रोकिएको थियो भने गत साताको बिहीबार पनि ३१.४३ अंकले घटेर २५९६.८२ बिन्दुमा सीमित भएको थियो।
मंगलबार कारोबार रकममा पनि सुधार आएको छ। आज नेप्सेमा कुल ५ अर्ब १३ करोड रुपैयाँ बराबरका कारोबार भएको छ। अघिल्लो कारोबार दिन सोमबार भने नेप्सेमा कुल ४ अर्ब ३७ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो।
मंगलबार कारोबारमा आएकामध्ये १६७ कम्पनीको सेयर मूल्य बढ्दा ७१ कम्पनीको घटेको छ। यस्तै, ६ कम्पनीको सेयर मूल्य भने स्थिर छ।











