सुनको मूल्य स्थिर

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं , पुस ९ । नेपाली बजारमा आज सुनको मूल्य स्थिर नै छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार सुनको मूल्य प्रतितोला एक लाख ४९ हजार आठ सय रूपैयाँ कायम भएको थियो भने आज (मंगलबार) पनि सुनको मूल्य सोमबार कै कायम छ ।

मंगलबार चाँदीको मूल्य भने बढेको छ, सोमबार प्रतितोला एक हजार सात सय ९५ रूपैयाँमा कारोबार भएको चाँदी आज १० रुपैयाँले बढेर एक हजार ८ सय ५ रुपैयाँमा किनबेच भइरहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्