रोकिएन नेप्से घट्नेक्रम, सूचक १३ अंकले घट्दै २५८३ बिन्दुमा 

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, पुष ७ । सेयर बजार घट्नेक्रमले आइतबार पनि निरन्तरता पाएको छ। साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १३.५३ अंकले घटेर २५८३.१९ बिन्दुमा रोकिएको छ। 

अघिल्लो कारोबार दिन बिहीबार पनि नेप्से ३१.४३ अंकले घटेको थियो भने बुधबार ५.६० अंकले घटेको थियो। आइतबार नेप्सेमा कुल ४ अर्ब ४५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। 

अघिल्लो कारोबार दिन बिहीबार भने नेप्सेमा कुल ४ अर्ब ७० करोड रुपैयाँ बराबरको कारोबार भएको थियो। 

आइतबार कारोबारमा आएकामध्ये ८४ कम्पनीको सेयर मूल्य बढ्दा १५४ कम्पनीको घटेको छ। यस्तै, ६ कम्पनीको सेयर मूल्य भने स्थिर छ। 
 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्