काठमाडौं, पुष २ । सेयर बजार २.९४ अंकले बढेको छ। मंगलबार सेयर बजार सूचक नेपल स्टक एक्सचेञ्ज (नेप्से) २.९४ अंकले बढेर २६३३.८७ बिन्दुमा पुगेको हो।
अघिल्लो कारोबार दिन सोमबार नेप्से ५१.३७ अंकले घटेर २६३.९१ बिन्दुमा रोकिएको थियो।
यसअघि, गत साताको बिहीबार पनि नेप्से ३३.४२ अंकले घटेर २६८२.२९ बिन्दुमा रोकिएको थियो भने बुधबार नेप्से ४५ अंकले बढेको थियो। त्यसअघिका पाँच कारोबार दिन भने नेप्से लगातार घटेको थियो।
मंगलबार नेप्सेमा कुल ४ अर्ब २९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। अघिल्लो कारोबार दिन सोमबार भने नेप्सेमा कुल ५ अर्ब ७९ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो।
मंगलबार कारोबारमा आएका मध्ये ११७ कम्पनीका सेयर मूल्य बढ्दा ११७ कम्पनीको घटेको छ। यस्तै, १० कम्पनीको सेयर मूल्य भने स्थिर छ।











