काठमान्डुद्धारा विराटनगर पराजित,प्लेअफ सम्भावना कायमै

खबर बुक
  • ख-
  • ख
  • ख+

३० मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिगमा ‍काठमाडौं गुर्खाजले विराटनगर किंग्सलाई एक विकेटले हराएको छ।

११८ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको काठमाडौं १८.१ ओभरमा १२० रन बनायो।टस हारेर ब्याटिङमा उत्रिएको विराटनगरले एक बल बाँकी छँदै सबै विकेट गुमाएर ११७ रन बनायो।   

लिगको अन्तिम खेल जितेपछि काठमान्डुले ७ खेलबाट ८ अंक जोडेर पाँचौ स्थानमा छ ।

अब सोमबार कर्णाली याक्स सुदूरपश्चिमसँग फराकिलो अन्तरले पराजित भएमा मात्र काठमान्डु शीर्ष चारमा पर्ने सम्भावना हुनेछ ।काठमान्डुले अब लिगको अन्तिम खेलको नतिजा कुर्नुपर्नेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्