काठमाडौं, मंसिर २९ । काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत शनिबार भएको खेलमा काठमाडौँ गुर्खाज र चितवन राइनोज बिजयी भएका छन् ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा काठमाडौँले पोखरा एभेञ्जर्स र चितवनले जनकपुर बोल्ट्सलाई पराजित गरेको हो । शनिबार भएको पहिलो खेलमा काठमाडौँ गुर्खाजले पोखरा एभेञ्जर्सलाई ६ विकेटले पराजित गर्दै प्लेअफ नजिक पुगेको छ । पोखराले दिएको एक सय ३९ रनको लक्ष्य काठमाडौँले १४ दशमलव एक ओभरमा चार विकेटको क्षतिमा पूरा ग¥यो । त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पोखराले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ३८ रन बनाएको थियो ।
त्यस्तै शनिबार नै भएको दोश्रो खेलमा जनकपुरलाई ३२ रनले पराजित गर्दै चितवनले पनि प्लेअफ प्रवेशको सम्भावना कायमै राखेको छ । चितवनले दिएको १ सय ८१ रनको बलियो लक्ष्य पछ्याएको जनकपुरले १८ ओभरमा अलआउट हुँदै १ सय ४८ रन मात्र बनाउन सक्यो । त्यसअघि टस जितेर ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ८० रनको योगफल तयार गरेको थियो ।
प्रतियोगीता अन्तर्गत आइतबार हुने पहिलो खेलमा बिराटनगर किंग्स र काठमाडौं गोर्खाज तथा दोश्रो खेलमा पोखरा र सुदूरपश्चिम रोयल्स्बीच प्रतिष्पर्धा हुने क्यानले जनाएको छ ।











