पाकिस्तानका तीव्र बलर मोहम्मद आमिरद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, २९ मंसिर । पाकिस्तानको राष्ट्रिय टिमका तीव्र बलर मोहम्मद आमिरले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् ।

धेरै सोचेर आफूले सन्यासको घोषणा गरेको उनले बताएका छन् ।

उनले भनेका छन्, ‘मैले धेरै सोचविचार गरेर अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने कठिन निर्णय गरेको छु । यस्तो निर्णय कहिल्यै सजिलो हुँदैन ।’

‘आगामी पिढीका लागि कमाण्ड सम्हाल्ने र पाकिस्तान क्रिकेटलाई नयाँ उचाइमा लैजाने सही समय हो,’ उनले ट्वीटरमा लेखेका छन्, ‘आफ्नो देशको प्रतिनिधित्व गर्नु मेरो जीवनको सबैभन्दा ठूलो सम्मान रह्यो र सधैं रहने छ ।’

उनले पाकिस्तान त्रिकेट बोर्ड, आफ्नो परिवारका सदस्य, साथीभाइ र समर्थकहरुलाई धन्यवाद दिएका छन् ।

मोहम्मद आमिरले यसअघि पनि सन्यासको घोषणा गरेका थिए । उनले पछि फिर्ता लिएर पाकिस्तानका लागि टी–२० विश्वकप खेलेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्