काठमाडौंले पोखरालाई ६ विकेटले हरायो, प्लेअफ सम्भावना कायमै

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं , मंसिर २९ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा काठमाण्डाै गुर्खाजले पाेखरा एभेन्जर्सलाई ६ विकेटले हराएकाे छ ।

पाेखराले दिएकाे १ सय ३९ रनकाे लक्ष्य काठमाण्डाैले १४ ओभर १ बलमा ४ विकेट गुमाएर भेटायाे । काठमाण्डाैका स्टेफेन इस्किनाजीले ६०, माइकल लेभिटले ३२ रन बनाए । पाेखराका विपिन खत्रीले ३ विकेट लिए ।

यसअघि कीर्तिपुरकाे त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे पाेखराले २० ओभरमा ८ विकेट गुमाएर १ सय ३८ रन बनायाे । पाेखराका रेमाेन रेफेरले नटआउट ४१, दिनेश खरेलले ३८ रन बनाए । काठमाण्डाैका कप्तान करण केसी र रशिद खानले ३/३ विकेट लिए ।

याे जीतसँगै काठमाण्डाैले प्लेअफकाे सम्भावना बलियाे बनाएकाे छ । काठमाण्डाै ६ खेलमा ६ अङ्कसहित तालिकाकाे पाँचाैं स्थानमा उक्लिएकाे छ । पाेखरा ६ खेलमा ४ अङ्कसहित साताैं स्थानमा छ ।

एनपीएलमा आजकाे दाेस्राे खेलमा जनकपुर बाेल्ट्स र चितवन राइनाेज खेल्दैछन् । जनकपुर बोल्ट्स एक खेलअघि नै क्वालिफायरमा पुगिसकेको छ । चितवन पनि क्वालिफायर पुग्ने सम्भावना कायमै छ । चितवन ६ खेलमा ६ अङ्कसहित चाैथाे स्थानमा छ ।

एनपीएलमा आजकाे दाेस्राे खेलमा जनकपुर बाेल्ट्स र चितवन राइनाेज खेल्दैछन् । जनकपुर बोल्ट्स एक खेलअघि नै क्वालिफायरमा पुगिसकेको छ । चितवन पनि क्वालिफायर पुग्ने सम्भावना कायमै छ । चितवन ६ खेलमा ६ अङ्कसहित चौथो स्थानमा छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्