काठमाडौंले टस जितेर फिल्डिङ रोज्यो, ब्याटिङमा पोखरा

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं , मंसिर २९ । नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत पोखरा एभेन्जर्ससँगको खेलमा काठमाडौं गुर्खाजले टस जितेर फिल्डिङ रोजेको छ । 

त्रिवि मैदान कीर्तिपुरमा हुने पहिलो खेलका लागि काठमाडौंका कप्तान करण केसीले टस जितेर फिल्डिङ रोजेका हुन् ।

प्लेअफको सम्भावलाई जीवितै राख्न दुवै टोलीलाई आजको खेल महत्त्वपूर्ण छ ।

अंक तालिकामा काठमाडौं र पोखराको समान चार–चार अंक छ । तर, रन रेटका आधारमा काठमाडौं छैटौँ र पोखरा सातौँ स्थानमा छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्