४५ अंकले बढ्दै नेप्से २७१५ बिन्दुमा

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, मंसिर २६ । लगातारको पाँच दिनका गिरावटपछि सेयर बजारमा उच्च अंकको वृद्धि भएको छ। बुधबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४५.८८ अंकले बढेर २७१५ बिन्दुमा पुगेको हो। 

यसअघिका पाँच कारोबार दिनमा भने नेप्से लगातार घटेको थियो। अघिल्लो कारोबार दिन मंगलबार नेप्से ६.३२ अंकले घट्दै २६६९.८२ बिन्दुमा खुम्चिएको थियो।  

सोमबार नेप्से १२.८४ अंकले र आइतबार ४५.९३ अंकले घटेको थियो। यस्तै, गत साताको बिहीबार नेप्से १५.९३ अंकले घटेको थियो भने बुधबार पनि २४.९७ अंकको संकुचन आएको थियो। 

बुधबार सूचक बढेसँगै कारोबारमा पनि सुधार आएको छ। आज नेप्सेमा कुल ४ अर्ब ९५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। मंगलबार भने नेप्सेमा कुल ४ अर्ब ३६ करोड रुपैयाँ बराबरको मात्रै कारोबार भएको थियो। 

बुधबार कारोबारमा आएकामध्ये २११ कम्पनीको सेयर मूल्य बढ्दा २९ कम्पनीको घटेको छ। यस्तै, ३ कम्पनीको सेयर मूल्य भने स्थिर छ। 

बुधबार न्यादी हाइड्रोपावर कम्पनीको सेयर मूल्य ९.९७ प्रतिशत, कुथेली बुखारी स्मल हाइड्रोपावरको ९.६२ प्रतिशत, नारायणी डेभलपमेन्टको ८.८१ प्रतिशतले बढेको छ। 

बुधबार खाँनीखोला हाइड्रोपावर कम्पनीको सेयर मूल्य ९.९९ प्रतिशत, जोशी हाइड्रोपावर डेभलपमेन्टका ८.२२ प्रतिशत, महिला लघुवित्त वित्तीय संस्थाको ६.२७ प्रतिशतले घटेको छ। 

बुधबार बैंकिङ समूहको सेयर मूल्य ३.४३ प्रतिशत, विकास बैंक समूह १.६३ प्रतिशत, फाइनान्स समूह १.८३ प्रतिशत, होटल तथा पर्यटन समूह १.०५ प्रतिशत, हाइड्रोपावर समूह १.९६ प्रतिशत, लगानी समूह ०.७९ प्रतिशत, जीवन बिमा समूह १.०७ प्रतिशत, उत्पादन समूह ०.६० प्रतिशत, माइक्रोफाइनान्स समूह ०.४२ प्रतिशत, निर्जीवन बिमा समूह १.०३ प्रतिशतले बढेको छ। 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्