स्रोत नखुलेको ४७ लाख रकमसहित महिला पक्राउ

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, मंसिर २६ । स्रोत नखुलेको ४७ लाख ४९ हजार रुपैयाँसहित एकजनालाई मोरङबाट प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा मोरङकै रंगेली नगरपालिका–८ दर्वेशा कि ६५ वर्षीया ज्योति देवी अग्रवाल रहेकी छिन् ।

अग्रवालले घरमा अवैध रकम राखेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनलाई घरबाटै पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय रंगेलीले उनका घर खानतलासी गर्दा टिनको बाकसमा राखेको स्रोत नखुलेको उक्त रकम फेला परेको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्