लुम्बिनीविरूद्ध काठमाडौंले टस जित्यो, ब्याटिङ गर्ने

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, २६ मंसिर ।  नेपाल प्रिमियर लिगमा लुम्बिनी लायन्सविरूद्ध काठमाडौं गुर्खाजले ब्याटिङ गर्ने भएको छ।  टस जितेर पहिले काठमाडौंले ब्याटिङ गर्ने भएको हो। 

करण केसीको कप्तानीमा रहेको काठमाडौंले तीन खेल खेल्दा एक खेलमा मात्र जित हासिल गरेको छ। दुई अंकसहित टोली तालिकाको छैटौं स्थानमा छ। रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले काठमाडौंभन्दा दुई खेल बढी खेलेको छ। लुम्बिनीका लागि बुधबार छैटौं खेल हुनेछ। लुम्बिनीको पनि समान दुई अंक नै छ।

प्लेअफको झिनो आस बोकेको लुम्बिनीलाई जितबाहेक अन्य विकल्प छैन। गर या मरको स्थितिमा रहेको लुम्बिनी काठमाडौंविरुद्ध पराजय बेहोरे लिग चरणबाट बाहिरिने पहिलो टोली बन्नेछ। किनभने शीर्ष चारमा रहेका टोलीहरुले ६ अंक बटुलिसकेका छन्।

लुम्बिनीविरुद्धको हारले काठमाडौंको प्लेअफ यात्रालाई गाह्रो बनाउन सक्छ। 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्