देशको बिकास र समृद्धिका लागि सुदृढ राष्ट्रिय शक्ति आवश्यक रहेको केपी ओलीको भनाई

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, कार्तिक २६

नेकपा एमालेका अध्यक्ष ओली केपी ओलीले देशको बिकास र समृद्धिका लागि सुदृढ राष्ट्रिय शक्ति आवश्यक रहेको बताउनुभएको छ ।

शनिबार डोटीको दिपायलमा आयोजित चूनावी सभालाई सम्बोधन गर्दै ओलीले देश फुटेका हाँडीका टुक्रा जोडर मुलुक बन्न नसक्ने भन्दै देशको बिकासका र समृद्धिका लागि एमाले जस्तो सुदृढ राष्ट्रिय शक्ति आवश्यक रहेको बताउनुभएको हो । उहाले गठबन्धन दलहरुले जनताको आखामा छारो हाल्न रंगीबिरंगी घोषणापत्र छापेको बताउनुभयो । ओलीले समृद्ध नेपाल र सुखी नेपाली गठबन्धनको उदेश्य नै नभएको र देश बनाउने भिजन एमालेसंग मात्रै रहेको दावी गर्नुभयो ।

उहाले बिनापूवाग्रह राष्ट्र निर्माणको अभियानमा जुट्नुपर्ने र सहि नेतृत्व चयन गर्नुपर्ने उल्लेख गर्नुभयो । एमाले अध्यक्ष ओलीले देशभर नेकपा एमालेको बहुमतको सरकार गठन गर्ने गरि जनता तयार रहेको भन्दै एमालेको बिरोधमा जनतालाई भ्रम छर्न खोज्ने प्रयत्नलाई असफल बनाईने धारणा राख्नुभयो ।

उहाले सुरक्षाकर्मी तथा निर्वाचनमा खटिएकाहरुले संविधान र कानून बमोजिम निष्पक्ष निर्वाचन सम्पन्न गर्नका लािग निर्वाचन आयोगलाई सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्