काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार सुनको मूल्य घटेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला २८ सय रुपैयाँले घटेको हो ।
कारोबारको अघिल्लो दिन प्रतितोला दुई लाख ९३ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज २८ सय रुपैयाँले घटेर दुई लाख ९० हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’ मा सो विवरण हेर्न सकिन्छ ।










