सचिवालयको बैठकमा जवाफ दिँदै एमाले अध्यक्ष ओली

खबर बुक
  • ख-
  • ख+

 नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज पनि बस्दैछ। 

१० जेठ, काठमाडौं । बैठक बिहान साढे ११ बजे अध्यक्ष केपी शर्मा ओली निवास गुण्डुमा सुरु हुनेछ।

शुक्रबारदेखि जारी बैठकमा बाँकी पदाधिकारीले बोलीसकेपछि बैठकमा उठेका प्रश्नको अध्यक्ष केपी शर्मा ओलीले जवाफ दिनेछन्। 

हिजो महासचिव शंकर पोखरेलसहित तीन उपमहासचिव र ४ जना सचिवले धारणा राखेकोमा अधिकांशले नेतृत्व परिवर्तनमा जोड दिएका थिए। गत मंसिरमा सम्पन्न १०औँ महाधिवेशनबाट आफ्नो पक्षका पदाधिकारीसहित केन्द्रीय कमिटीमा निकट नेताहरूको वर्चस्व रहेको एमाले ओली ६ महिनामै भारी अल्पमतमा पर्ने देखिएको छ। 

तर बहुसंख्यक पदाधिकारी उहाँले नेतृत्व हस्तान्तरण गर्नुपर्ने पक्षमा उभिए पनि ओलीले अध्यक्ष पद नछाड्ने अडान दोहो¥याउनु भएको छ। 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्