राष्ट्रपतिलाई पत्र पठाएर प्रधानमन्त्रीले भने- गणतन्त्र दिवसमा म सम्बोधन गर्दिनँ, तपाईँले नै गरिदिनुस्

खबर बुक
  • ख-
  • ख+

काठमाडौँ : प्रधानमन्त्री बालेन्द्र शाहले यही जेठ १५ गते हुने गणतन्त्र दिवस मूल समारोहमा सम्बोधन नगर्ने भएका छन्। शाहले आफूले सम्बोधन नगर्ने भन्दै त्यसका लागि राष्ट्रपतिलाई आग्रह गरेका छन्।

शाहले मन्त्रिपरिषदबाट निर्णय गराई सम्बोधन गरिदिन आग्रहसहित राष्ट्रपति रामचन्द्र पौडेललाई पत्र पठाएको स्रोतले जानकारी दिएको छ।

गणतन्त्र दिवसको दिन सैनिक मञ्च टुँडिखेलमा हुने विशेष समारोहमा प्रधानमन्त्रीले सम्बोधन गर्ने परम्परा छ। समारोहमा राष्ट्रपति, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभा अध्यक्षसहित विशिष्ट व्यक्तिहरूको सहभागिता रहन्छ।

स्रोतका अनुसार समारोहमा नबोल्ने विषयमा शाहले यसअघि नै राष्ट्रपतिलाई जानकारी गराएका थिए। अहिले पत्र नै पठाएर आग्रह गरेका हुन्।

संसदमा सरकारको नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ नदिएको, प्रत्येक महिनाको एक दिन सांसदसँग प्रश्नोत्तर कार्यक्रम नराखेको भन्दै आलोचना भइरहँदा शाह गणतन्त्र दिवस मूल समारोहमा पनि नबोल्ने भएका हुन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्