नेपाल निर्माण व्यवसायी महासंघद्धारा मूल्यवृद्धि खारेज नभए कन्स्ट्रक्सन होलिडेमा जाने चेतावनी

खबर बुक
  • ख-
  • ख+

२५ मंसिर, काठमाडौं ।नेपाल निर्माण व्यवसायी महासंघले निर्माण सामग्रीको मूल्यवृद्धि खारेज नभए देशभरका निर्माण व्यवसायीहरू काम ठप्प पारी कन्स्ट्रक्सन होलिडेमा जाने चेतावनी दिएको छ ।

सिमेन्ट,डन्डीलगायतका निर्माण सामग्रीको मूल्यवृद्धि खारेज गर्न पुन सरकारलाई ध्यानाकर्षण गराए गराउँदै सोमबार महासंघका अध्यक्ष रवि सिंह नेतृत्वको टोलीले वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक राजन पौडेललाई ज्ञापन पत्र बुझाएको हो ।

महासंघका अध्यक्ष सिंहले निर्माण सिजनमा निर्माण सामग्रीको कार्टेलिङ गरी अत्यधिक मूल्यवृद्धि गरिएको र सो मूल्यवृद्धि खारेजीका लागि पहल गरिरहेको बताए । यसै गरी मूल्यवृद्धि खारेज नभए देशभरका निर्माण व्यवसायीहरू काम ठप्प पारी कन्स्ट्रक्सन होलिडेमा जाने चेतावनी समेत दिएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्