बिमा प्राधिकरणलाई मोरङ उद्योग व्यापार संघले बुझायो ज्ञापनपत्र

खबर बुक
  • ख-
  • ख+

२५ मंसिर, काठमाडौं । मोरङ उद्योग व्यापार संघले नेपालको उद्योग, व्यवसायको बिमामा कायम न्यूनतम बिमाशुल्क अत्यधिक रहेको र केही नीतिको सुधार गर्नु पर्ने उल्लेख गर्दै नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश र जिल्ला प्रशासन कार्यालय, मोरङलाई ज्ञापनपत्र पेश गरेको छ । 

संघका अध्यक्ष अनुपम राठीको नेतृत्वमा गएको टोलीले प्राधिकरण, कोशी प्रदेशका प्रमुख विनोदकुमार पोखरेल र मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईलाई ज्ञापन पत्र पेश गरेको हो ।

ज्ञापनपत्र बुझाउँदै संघका अध्यक्ष राठीले भारतसहित मुलुकको तुलनामा नेपालको निर्जीवन बिमाको न्यूनतम बिमाशुल्क ५० प्रतिशतदेखि २०० प्रतिशतसम्म बढी रहेको उल्लेख गरे । बिमाका केही नीति न्यायोचित नरहेको पनि उनले बताए । 

अध्यक्ष राठीले कच्चा पदार्थमा परनिर्भर नेपालको विद्यमान ह्रासोन्मूख आर्थिक गतिविधिलाई दृष्टिगत गरी न्यूनतम बिमाशुल्क भारत तथा अन्य मुलुकभन्दा न्यून वा समान गरिनुपर्ने माग राखे ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्