एनपीएलमा आज चितवन राइनोज र लुम्बिनी लायन्स तथा कर्णाली याक्स र पोखरा एभेन्जर्स खेल्दै

खबर बुक
  • ख-
  • ख
  • ख+

२५ मंसिर, काठमाडौं ।नेपाल प्रिमियर लिग ( एनपीएल) मा  आज दुई वटा खेल हुँदैछन् । पहिलो खेलमा बिहान नौ बजे चितवन राइनोज र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा दिउँसो १ बजे कर्णाली याक्स र पोखरा एभेन्जर्सबीच खेल हुने छ ।

अहिलेसम्म १५ खेल वटा सम्पन्न भएका छन् । जनकपुर बोल्ट्स आफ्ना चार वटै खेलमा विजयी हुँदै अङ्क तालिकाको  शीर्ष स्थानमा रहेको छ । यसैगरी चार खेल खेलेको सुदूरपश्चिम रोयल्स तीनमा जीत तथा एउटा खेलमा हारका साथ दोस्रो स्थानमा छ ।  

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्