सुनको मूल्य बढ्दा चाँदी स्थिर

खबर बुक
  • ख-
  • ख+

काठमाडौं , २४ मंसिर। नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ ।

यसअघि तोलामा एक लाख ४९ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ४ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ५० हजार १ सय रुपैयाँ कायम भएको छ ।

त्यस्तै, चाँदीको मूल्य भने स्थिर रहेको छ । यसअघि प्रतितोला एक हजार ८६५ रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोवार भैइरहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्