एनपीएलमा सुदूरपश्चिमको लगातार तेस्रो जित

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं ,  मंसिर २२ । सैब जैबको उत्कृष्ट ब्याटिङप्रेरित सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ ।

सुदूरपश्चिमले शनिबार लुम्बिनी लायन्सविरुद्ध ४५ रनको जित निकालेको हो । प्रतियोगितामा सुदूरपश्चिमले यसअघि विराटनगर किंग्सविरुद्ध ९० र काठमाडौं गुर्खाजविरुद्ध ७३ रनको जित निकालेको थियो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा सुदूरपश्चिमले दिएको १८८ रनको लक्ष्य पछ्याउने क्रममा लुम्बिनीले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १४२ रनमात्र बनाउन सक्यो ।

एनपीएलमा आजै दिउँसो १ बजे हुने दाेस्राे खेलमा कर्णाली याक्स र विराटनगर किङ्ग्सले खेल्दैछन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्