२१ मंसिर, काठमाडौं ।सरकारका सय दिने उपलब्धि सार्वजनिक गर्ने क्रममा अर्थमन्त्रालयले पुँजीगत खर्च र राजस्व संकलन गत वर्षभन्दा उत्साहजनक भएको तथ्यांक सार्वजनिक गर्यो।
पुँजीगत खर्च गत वर्षको यसै अवधिको तुलनामा ६५ प्रतिशतले वृद्धि भएको छ भने राजस्व संकलन गत वर्षको यसै अवधिको तुलनामा १३ प्रतिशतले वृद्धि भएको अर्थ मन्त्रालयले तथ्यांक सार्वजनिक गरेको थियो।
गत वर्षको आधार नै कमजोर भएको हुनाले वार्षिक बिन्दुगत हिसाबले अर्थ मन्त्रालयले प्रस्तुत गरेको तथ्यांकबाट राजस्व र पुँजीगत खर्च उत्साहपूर्ण भएको अर्थ लगाउन सकिन्छ। तर, यही आर्थिक वर्षको बजेटसँग तुलना गर्दा भने यस अवधिमा यी दुवै क्षेत्र निराशाजनक छ।
पहिलो त्रैमाससम्म राजस्व जम्मा साढे १७ प्रतिशत मात्रै संकलन भएको छ, पूँजीगत खर्च तीन महिनामा ८ प्रतिशत हाराहारी मात्रै भएको छ। कात्तिको अन्तिमसम्म आइपुग्दा पनि राजस्व लक्ष्यको २२ प्रतिशत मात्रै उठेको छ भने पुँजीगत खर्च ९ प्रतिशत नाघेको छैन ।











