एमालेका सुदूरपश्चिम प्रदेश सदस्य थापा नागरिक उन्मुक्ति पार्टीमा प्रवेश

खबर बुक
  • ख-
  • ख+

सुदूरपश्चिम प्रदेशसभा सदस्य रतन थापा नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गर्नुभएको छ ।

विहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच एमाले कैलालीका पूर्व अध्यक्ष समेत रहनुभएका थापालाई अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले नागरिक उन्मुक्ति पार्टीमा स्वागत गराउनुभएको हो । थापासँगै त्यस्तै एमालेका पूर्वसांसद हिमाञ्चल भट्टराई लगाएतका नेता तथा कार्यकर्ताहरु पनि नागरिक पार्टीमा प्रवेश गरेका छन् । नागरिक पार्टीमा प्रवेश गर्दै सुदूरपश्चिम प्रदेशसभा सदस्य थापाले जनताको भाग्य र भविष्य बदल्नको लागि एमालेले केही पनि गर्न नसकेको आरोप लगाउनुभयो । उहाले संघीयता नमान्ने र अखण्ड सुदूरपश्चिम भन्ने दुई नेताहरु एमालेमा रहेको बताउनुभयो ।

त्यस्तै नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले जनताको आवश्यकता अनुसार नीति निर्माण गर्न संगठित भएको बताउनुभयो । उहाले छिटै आफ्नो पार्टीलाई देशव्यापी बनाउने दावी गर्नुभयो ।

यसअघि चौधरीले कैलालीको क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाको चुनावमा उम्मेदवारी दिने घोषणा गरिसक्नुभएको छ । रञ्जिता २०७४ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा सोहि क्षेत्रबाट निर्वाचित रेशम चौधरीकी पत्नी हुनुहुन्छ । टीकापुर घटनामा दोषी रहेको अभियोगमा रेशम चौधरी भने कारागारमा छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्