काठमाडौं, मंसिर २० । सेयर बजारमा १५.९३ अंकको गिरावट आएको छ। साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १५.९३ अंकले घट्दै २७३४.९३ बिन्दुमा सीमित भएको हो।
अघिल्लो कारोबार दिन बुधबार पनि नेप्से २४.९७ अंकले घटेर २७५०.८७ बिन्दुमा रोकिएको थियो। आज सूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ।
बिहीबार नेप्सेमा कुल ८ अर्ब २७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। अघिल्लो कारोबार दिन बुधबार भने नेप्सेमा कुल ९ अर्ब ६ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो।
बिहीबार नेप्सेमा कारोबारमा आएकामध्ये ४० कम्पनीको सेयर मूल्य बढ्दा २०१ कम्पनीको घटेको छ। यस्तै, तीन कम्पनीको सेयर मूल्य भने स्थिर छ।
बिहीबार खाँनीखोला हाइड्रोपावर कम्पनीको सेयर मूल्य ९.९८ प्रतिशत, सपर मादी हाइड्रोपावरको ९.९५ प्रतिशत र मानुषी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९.८१ प्रतिशतले बढेको छ।
आज सपोर्ट माइक्रोफाइनान्सको सेयर मूल्य सर्वाधिक अर्थात् ८.३७ प्रतिशतले घट्दा नेपाल फाइनान्सको सेयर मूल्य ७.१५ प्रतिशतले घटेको छ।
बिहीबार जीवन बिमा समूहमा ०.७९ प्रतिशत र व्यापार समूहमा ३.६७ प्रतिशतको वृद्धिबाहेक सबै समूहको सूचक घटेको छ।











