१४ वर्ष जापान बसेर फर्किएपछि करोडौँको लगानीमा बाख्रा पालन

खबर बुक
  • ख-
  • ख
  • ख+

२० मंसिर, काठमाडौं ।केही वर्षअघि काठेखोला गाउँपालिका ५ कर्लिममा १८० घर थिए । बसाइँसराइका कारण ३५ घरमा मात्रै बसोबास छ । अन्य घर खण्डहर बनेका छन् । खेती योग्य खेत बारी बाँझै छ । 

अधिकांश मानिस रोजागरीका लागि जापान गएका छन् । बसाइँ सरेर चितवन पुगेका छन् । चौध वर्ष जापानमा काम गरेका एक युवक हाल गाउँमा बाख्रापालनमा व्यस्त छन् । 

काठेखोला ५ कर्लिमका ४८ वर्षीय प्रेम कँडेलले ठूलाघरे बाख्रा फार्म खोलेर ३५० पालेका छन् । उनले २०७९ साउनदेखि ८३ बाख्राबाट राखेर बाख्रापालन सुरु गरेका हुन् ।

फार्ममा एक करोड ३५ लाख लगानी गरेका उनले त्यसका लागि एक हजार चार सय रोपनी बाँझो जग्गालाई प्रयोग गरेका छन् । उनको बाख्रा फार्ममा ८० वटा बोका बिक्री योग्य छन् । 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्