गरिमा विकास बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, मंसिर १८ । गरिमा विकास बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले विभिन्न संस्थापक शेयरधनीको स्वामित्वमा रहेको कुल २ लाख ५१ हजार ९५२.११ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो ।

बैंकका विद्यमान शेयरधनीलाई प्राथमिकता दिइएको यो शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीले ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय लाजिम्पाट, काठमाडौंमा आवेदन दिनुपर्नेछ । उक्त समयभित्र कोही कसैको निवेदन प्राप्त नभएमा नियमानुसार सो शेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गर्ने प्रक्रिया अघि बढाइने पनि बैंकले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्