काठमाडौं, मंसिर १७ । सेयर बजार १९.९७ अंकले बढेको छ। साताको कारोबारको दोस्रो दिन सोमबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १९.९७ अंकले बढेर २७५८.०४ बिन्दुमा पुगेको हो। अघिल्लो कारोबार दिन आइतबार भने नेप्से ९.९९ अंकले घटेको थियो।
आज नेप्सेमा कुल १० अर्ब ४१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। अघिल्लो कारोबार दिन आइतबार भने नेप्सेमा कुल ८ अर्ब ७४ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो।
सोमबार कारोबारमा आएकामध्ये १२६ कम्पनीको सेयर मूल्य बढ्दा १११ कम्पनीको घटेको छ। यस्तै, ७ कम्पनीको सेयर मूल्य भने स्थिर छ।
सोमबार तारागाउँ रेजेन्सी होटल,, बिशाल बजार कम्पनी र खानीखोला जलविद्युत कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ।
यस्तै, जोशी हाइड्रोपावर विकास कम्पनीको सेयर मूल्य ९.९९ प्रतिशतले बढ्दा उपर स्यांगे हाइड्रापावरको सेयर मूल्य ९.९५ प्रतिशतले बढेको छ। नेपाल फाइनान्सको सेयर मूल्यमा भने सर्वाधिक अर्थात् ८.७२ प्रतिशतको गिरावट आएको छ।











