राष्ट्र बैंकद्वारा ५० करोडको निक्षेप संकलनका लागि आवेदन आब्हान

खबर बुक
  • ख-
  • ख+

काठमाडौं , १६ मंसिर । नेपाल राष्ट्र बैंकले ५० करोड रुपैयाँको निक्षेप संकलनका लागि सूचना जारी गरेको छ ।

बैंकले यस कार्यका लागि अनलाइन बिडिङ प्रणालीमार्फत आवेदन आह्वान गरेको हो । बैंकका अनुसार ५० करोड रुपैयाँ बराबरको रकम संकलन गर्नका लागि ’लगानीका साधन (डेपोजिट कलेक्शन)’ कार्यक्रमको व्यवस्था गरिएको छ ।

यसमा आवेदन दिन चाहने वित्तीय संस्थाहरूले २०८१ मंसिर १६ गतेदेखि अनलाइन माध्यमबाट सहभागिता जनाउन सक्नेछन् ।

कार्यक्रम अन्तर्गत बैंकहरूले तोकिएको मापदण्डमा रही सहभागिता जनाउनुपर्नेछ । बिडिङ प्रक्रियामा समावेश हुन चाहने बैंक तथा वित्तीय संस्थाहरूले राष्ट्र बैंकको वेबसाइटमार्फत आवश्यक प्रक्रिया पूरा गर्नुपर्ने सूचनामा उल्लेख छ ।

निक्षेप संकलन कार्यक्रमले बजारमा तरलता व्यवस्थापन गर्न सहयोग पुग्ने बैंकले विश्वास व्यक्त गरेको छ ।

सूचनामा उल्लेख गरिएका मुख्य बुँदाहरू :

संकलनको नामः लगानीका साधन (डेपोजिट कलेक्शन)
अनलाइन बिडिङ प्रणाली : मंसिर १६ गते दिउँसो २ बजेबाट
निक्षेप अवधि : ७ दिन
सहभागिताको नियम : ५० लाखदेखि १० करोड रुपैयाँसम्म बिड गर्न सकिने

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्